images

मध्यपुर थिमि सहकारीको सम्मान, उत्तरदायी संस्थालाई सुधारको मौका दिइने

भक्तपुर । मध्यपुर थिमि बचत तथाऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथाव्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिकनाचमध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामाहस्तान्तरण गर्ने क्षेत्रमाताहाननिटोलको भूमिकालाई मूल्यांकन गरी संस्थाले सम्मान गरेको बताइएको छ । संस्थाको १७औं वार्षिक साधारणसभामाथिमि भैलः २०८१ व्यवस्थापन समितिकामाइलाप्रजापतितथाकलाकारहरु क्रमशः तृशलप्रजापति (ज्यापुंगः), अशोक प्रजापति (न्हापा भैलः), बालमुकुन्दप्रजापति (लिपा भैलः), आयुषप्रजापति (न्हापादागिं) र शाहीलप्रजापति (लिपादागिं)लाई दोसल्लाओडाएर कदरपत्रसहित सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममानगरपालिकाकाउपप्रमुखविजयकृष्णश्रेष्ठले नगरभित्र सञ्चालित सम्पूर्ण सहकारीलाई नगरपालिकाको सहकारी पुँजी संरक्षित कोष, न्यायाधिकरण र स्थिरीकोषमाआवद्धहुनआह्वान गरे । सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नगरपालिकाले सहकारी ऐन र नियमावलीबनाएर कामगरिरहेको बताए । उपप्रमुखश्रेष्ठले समस्यामा रहेका समुदायप्रतिउत्तरदायि सहकारी संस्थालाई सुधार गर्ने मौका दिनुपर्नेमा जोड दिए । त्यस्तै, मध्यपुर थिमिनगरपालिकावडा नं.८ का वडाध्यक्षतथा सहकारी ऐन मस्यौदाकार रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीमामात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे । ससानापुँजीलाई चलायमान गर्न सहकारी संस्थाकाफीभएको बताउँदै वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाबकिताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिकउत्तरदायित्वबहन गर्ने संस्थालाई विश्वास गर्न सकिनेमा जोड दिए । कार्यक्रममा संस्थाको सन्तुलन परीक्षण रु.१८,९५,८०,८३२.४२ (अठार करोड पन्चानब्बे लाख अस्सी हजार आठ सय बत्तीस रुपियाँबयालीस पैसा मात्र) र चुक्तापुँजी रु.१,४६,९७,८००।– (एक करोड छयालीस लाखचालिस सन्तानब्बे हजार आठ सय रुपियाँमात्र)रहेको वित्तीयप्रगतिप्रतिवेदन प्रस्तुतगरिएको थियो । कार्यक्रममायी सम्पूर्ण विवरणलाई कोपोमिस सफ्टवेयरको अनलाइनप्रविधिमार्फत अद्यावधिकगरिंदै आएको समेत जानकारी दिइएको थियो । संस्थाको आर्थिक वर्ष २०८०–८१ मा सेयर सदस्यहरु १५०३ जनामध्ये पुरूष ९०० र महिला ६०३ रहेको अवगत गराइएको थियो । मध्यपुर थिमिनगरपालिका सहकारी शाखाबाटनिर्देशनभएबमोजिम यो वर्ष पनिउद्घाटनतथाबन्द सत्र दुईथरी नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गरेको थियो । संस्थाकाअध्यक्षतथाकार्यक्रमका सभापति कृष्णकाजीमानन्धरको सभापतित्वमा सम्पन्नभएको कार्यक्रममाप्रमुखअतिथिको रुपमामध्यपुर थिमिनगरपालिकाकाउपप्रमुखविजयकृष्णश्रेष्ठ, अतिथिको रुपमा ८ का वडाध्यक्ष रमेश थापा, समाजसेवी कृष्णलालगोजा श्रेष्ठ, समाजसेवीन्हुछेरत्नमानन्धर, नेफ्स्कूनकी सुशीला पराजुली, सिवा सायमि खलःकाअध्यक्षमनोज लालमानन्धर, केन्द्रीयमानन्धर संघका सहायक सचिवतुलसीकाजीमानन्धर, मध्यपुर सञ्चार समाजकाअध्यक्षचन्द्रकृष्ण (गोपाल) श्रेष्ठतथाविभिन्न सहकारी संस्थाकाप्रतिनिधिहरुको उपस्थितिथियो । शिक्षाउपसमितिका सदस्य नरेन्द्र श्रेष्ठको संयोजनमा सम्पन्नभएको कार्यक्रममा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका सदस्य कृष्ण सुन्दर प्रजापतिले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सञ्चारकर्मी सागर गुरागाइँले सञ्चालन गरेको कार्यक्रममामहिला सदस्य मेनुकाभासिमाले स्वागतमन्तव्यतथापूर्वअध्यक्ष सुमन श्रेष्ठले धन्यवादमन्तव्यदिएकाथिए ।

आइतबार​ २० असोज २०८१ ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया