images

२०८० सालको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई

असोज १९, भक्तपुर वरिष्ठ पत्रकार देवेन्द्र गौतमको प्रथम स्मृति दिवसको अवसरमा शुक्रवार भक्तपुरमा दुई स्रष्टालाई सम्मान गरिएको छ । नेपाली साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित रही विशिष्ट योगदान दिएको भन्दै रचना साहित्यिक पत्रकारिताका प्रधानसम्पादक रोचक घिमिरेलाई २०८० सालको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार अर्पण गरिएको हो । घिमिरेबाट गौतम आबद्ध नेपालपोष्ट, करेन्ट, रसायन, लगायत दर्जनौं पत्रिका तथा पुस्तकको सम्पादनमा करेन्ट पब्लिकेशनलाई पाँच दशकसम्म निरन्तर सहयोग समेत प्राप्त भएको करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लिले जनाएको छ ।

 

पुरस्कारको राशी नगद १ लाख रुपैया रहेको छ । सोही अवसरमा स्रष्टा गुणराज काफ्ले ‘शाण्डिल्य’ लाई नगद ५० हजार सहित कदरपत्र प्रदान गरियो । नयाँ करेन्ट एवं नेपाल पोस्टमा निरन्तर चार दशक स्तम्भ लेखक रहनु भएका काफ्लेलाई उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरले निर्भिक पत्रकार गौतम नेपाली पत्रकारिताका अमूल्य रत्न भएको बताए । सोही अवसरमा ‘देवेन्द्र गौतम स्मृतिमा’ र गौतमकृत डायरी ‘आकाश पाताल’ चिनियाँ अनुवाद ‘काउन्टर इन्भेस्टिगेशनको लोर्कापण गरिएको थियो । कार्यक्रममा गौतमका भाइ उपेन्द्र र छोरा किरणले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

शुक्रबार​ १९ असोज २०८० ०९:३९ PM मा प्रकाशित

प्रतिक्रिया