काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमाप्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापनाहुने भएको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रीप्रदीपपौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् । ठूलो संख्यामाथारु समुदायमा समस्स्या देखिएपनियसको उपचारका लागिपर्याप्त व्यवस्थाहुन सकेको छैन । यस्तोमा मन्त्रीपौडेलले भेरि अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरुकालागिसमेत व्यवस्था गराउने निर्णय गरेका हुन् । मन्त्रीपौडेलले गतमहिनासिकलसेल उपचारसम्बन्धमाअभियन्ताउज्वलविक्रमथापा, थारु अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसकालागि केहीव्यवस्था गर्ने घोषणा गरेका थिए । सोहीअनुरुप थारु समुदायलाई पायक पर्ने र अधिकबसबोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरि अस्पतालमा वार्ड स्थापनाको निणय गरिएको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाप्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए । थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशतनागरिक प्रभावितभएको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको एक आँकडाले देखाएको छ । पश्चिम तराई बाँके, बर्दिया, कैलालीकञ्चनपुर लगायतकाभुभागमाबसोवास गर्ने थारु समुदायकानागरिकहरु सिकल सेल रोगबाट बढी प्रभावितपाइएको छ । विपन्ननागरिक औषधीउपचार कोष निर्देशिका। बमोजिमसिकलसेल एनिमिया रोग लागेका विरामीहरुलाई शल्यक्रिया, औषधीतथाऔषधीजन्य समाग्री, थपनिदानात्मक सेवा शैया सेवाशुल्कआदिको लागि १ लाख रुपैया सम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।
प्रतिक्रिया