काठमाडौं । पूर्वगृहमन्त्रीएवं पार्टी सभापति रवि लामिछाने पक्राउविरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजपनिविरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहकप्रवक्तामनिषझाले आजदिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहितविभिन्नजिल्लामाविरोध कार्यक्रम गर्ने जानकारी दिएकाहुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीयकार्यालयबाटै पक्राउ परेका हुन् । लामिछानेको पक्राउ विरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ । मंगलबार भएको प्रदर्शनकाक्रममानिषेधित घेरा तोडेको भन्दै १५ जनालाई पक्राउ गरिएको थियो भने भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्याससमेत प्रहार भएको थियो । झाले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शनमाप्रहरीले अत्यधिक बल प्रयोग गरेकाप्रति घोर भर्त्सना गरेका छन् ।
प्रतिक्रिया