images

अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेपालमहर्षि वैदिक फाउण्डेसनको आयोजनामाकात्तिक २१ गतेदेखी २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमै पहिलोपटक १ हजार १ सय ११ जनाआचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागिहुने विश्वास आयोजकले लिएको छ । महायज्ञको औपचारिक उद्घाटन वैदिक गुरुहरुद्वारा कात्तिक २१ गते बुधबार बिहान साढे १० बजे शोभायात्रालगत्तै हुनेछ । भद्रकालीमन्दिरबाट मौलिक नेपालीझाँकीतथा १ सय ८ शंखघण्टसहित सुरु हुने शोभायात्राशहीदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर उद्घाटन समारोहमा सरिक हुनेछ । महायज्ञ आयोजक समितिकी सदस्यएवं प्रचार विभागप्रमुख समिक्षाबाँस्कोटाले नेपालीहरु आफैले कर्ता बनेर नेपालको शान्ति र समृद्धिको कामनागर्दै सम्पन्नहुने महायज्ञका दौरानभावातीतध्यानतथा सिद्धि कार्यक्रम, प्रंगारिक कृषि मेला, वैदिकतथाआधुनिक विज्ञान महासम्मेलन, भागवतकथावाचनलगायतकाकार्यक्रमहरुपनिआयोजना गरिने बताए । महायज्ञलाई सफलबनाउन७७ वटै जिल्लाबाट वैदिक गुरु तथा बटुकहरु काठमाडौं आइपुगेको जानकारी समेत उनले दिए । ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञको अन्तिमतयारी पूरा गरेका छौं । कात्तिक २१ गतेदेखि २५ गतेसम्म सम्पूर्ण नेपालीहरुलाई भृकुटीमण्डपमा महायज्ञ, ध्यानशिविर, वैदिकमहासम्मेलन र भागवत सार वाचनलगायतकाकार्यक्रममा सहभागिहुनआह्वानगर्दछौं’ , बाँस्कोटालेभने  । सन्तमहर्षि महेशयोगी नेपालआगमनको स्वर्ण महोत्सवकाअवसरमा नेपालमहर्षि वैदिक फाउण्डेसनले आयोजना गरेको विराट महायज्ञमा ईच्छुक जोकोही सहभागिहुनसक्ने आयोजकले जनाएको छ । महायज्ञका लागिभृकुटीमण्डप परिसरमा हवनस्थल, वाचन स्थल, योगास्थल, सचिवालय, ५० वटा प्रांगारिक कृषि स्टल, सचिवालय, विश्रामस्थल, मिडिया सेण्टर, भोजनस्थललगायतको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।
 

बुधबार २१ कात्तिक २०८१ ०८:५९ AM मा प्रकाशित

प्रतिक्रिया