images

सिमेण्टमा भएको अस्वाभाविक मूल्यबृद्धि प्रति पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको आपत्ति

पोखरा । सिमेण्टमाभएको ’अस्वाभाविक’मूल्यबृद्धिप्रतिपोखरा उद्योग वाणिज्य संघ र लेखनाथउद्योग वाणिज्य संघले आपत्तिजनाएकाछन्।  पोखरा उद्योग वाणिज्य संघकामहासचिवशोभागौतम र लेखनाथउद्योग वाणिज्य संघकामहासचिवजानुका पराजुलीअधिकारीले सोमबार एक संयुक्तबिज्ञप्तिनिकालेर सिमेण्टमाभएको ’अस्वाभाविक’मूल्यबृद्धिप्रतिआपत्तिजनाएकाहुन्।   उक्तबिज्ञप्तिमार्फत सिमेण्टमामूल्यबढेकै कारणभौतिकनिर्माणकाकामहरु रोकिएको जिकिर गर्दै यस  अत्यधिकमूल्यबृद्धिले भौतिकनिर्माणको गतिधीमाहुनेमा चिन्ताप्रकट गरिएको छ।  पछिल्लो एक महिनाभित्रप्रतिबोरा सिमेण्टको मूल्यमातीनसय ५० रुपैयाँसम्ममूल्यबढेको जिकिर गर्दै दुबै संघको तर्फबाट जारी विज्ञप्तिमामूल्यबृद्धिअस्वभाविकभएको जिकिरमात्र गरिएको छैन, मूल्यबृद्धिफिर्ता  लिन,प्रतिस्पर्धात्मक अर्थ व्यवस्थाको सम्मान गर्न तथा स्वभाविक रुपले आपूर्तिको प्रबन्ध गर्न मागपनि गरिएको छ । ‘मूल्यबृद्धिबाटनिश्चितकार्ययोजना र लागतअनुमानमाभौतिकनिर्माणको ठेक्कालिएकानिर्माणव्यवसायीहरु मूल्यबृद्धिले सबैभन्दाबढी मारमा परेका छन् । एकातिर राज्यले सम्पन्नभएको कामको भुक्तानीदिएको छैन भने अर्कोतर्फ निर्माण सामग्रीको निश्चितमूल्याङ्कनको आधारमा लिइएको ठेक्कामालागतबढ्दा उनीहरुको जायजेथा नै गुम्ने अवस्थासिर्जना भएको छ,‘विज्ञप्तिमाभनिएको छ,‘  कतिपय परियोजनाहरु भर्खरै ठेक्कामागएकाछन् । हाम्रो आर्थिक वर्षको स्वरुप र टेण्डर प्रक्रियालाई  नै आधार मान्ने हो भने पनिआउँदा केहीमहिनाहरु भौतिकनिर्माणले गतिलिने महिनाहरु हुन् । भौतिकनिर्माणले गतिलिने बेलैमा सिमेण्ट र अन्यनिर्माण सामग्रीको मूल्यबढ्दा सरकारकै भौतिकप्रगतिकस्तो रहला?’  विज्ञप्तिमादुबै उद्योगवाणिज्य संघहरुले संविधानप्रदत्तउद्योगी÷व्यवसायीहरुको मुनाफालिनपाउने अधिकारको सदैव पक्षपोषण गर्ने भएपनिउपभोक्ताहित संरक्षणलाई पनिआफ्नो दायित्व सम्झने पनिउल्लेख छ । ‘कालोबजारी,कार्टेलिङ र खुलाबजार नियन्त्रणमालिने प्रयत्नलाई हामी   सदैव अस्वीकार गर्दछौँ,’विज्ञप्तिमाभनिएको छ ।  
 

मङ्गलबार २३ पुस २०८१ ०७:४० AM मा प्रकाशित

प्रतिक्रिया