आशा लघुवित्तले २१ प्रतिशत लाभांश दिने

काठमाण्डौँ - आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

कम्पनीले चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८ सय रुपैयाँँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशतका दरले हुन आउने ३५ लाख १४ हजार ८८४ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।