images

शुक्रबार सुनको मूल्य घट्यो 

काठमाडौं । शुक्रवार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तोलामा ४०० रुपैयाँ घटेको हो । 
महासंघका अनुसार विहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको छ । 
यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा एक हजार ९८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

शुक्रबार​ २५ माघ २०८१ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया