काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच अदालतले मान्यता दिने विश्वास व्यक्त गरेका छन ।
बुधबार राष्ट्रिय सभामा बोल्दै विगतमा पटक पटक प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्चको फैसलाबाट पुनस्र्थापित भएको भन्दै नागरिकता ऐनलाई पनि अदालतले मान्यता दिने विश्वास व्यक्त गरे ।
जेठ १७ गते राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको एक रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २१ जेठमा उक्त विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
यस विषयमा छलफल गर्न जेठ २६ गते दुबै पक्षलाई बोलाएको छ ।