विराटनगर - कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचानवादी पक्षसँग छलफलका लागि प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ ।
प्रदेश सरकारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।
वार्ता समितिमा मन्त्री मेन्याङ्बोसँगै सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन् ।