सुरुङ मार्ग निर्माणस्थलमा पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल - पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट लेदोसहित ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।

पहिरो झरेको उक्त स्थान सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन उत्तरतर्फको प्रवेश विन्दु हो । पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्ला जाने सवारी साधनहरु बीचमै रोकिएका दोभान प्रहरी चौकीले जनाएको छ ।


सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पहिरो झरेको स्थानमा सुरुङमार्गको उत्तरतर्फको सुरुङ प्रवेश विन्दुमा रिप पोर्टल निर्माण गरिरहेको छ । सो ठाउँमा साउनको पहिलो सातादेखि पटक(पटक  पहिरो खस्दा सुरुङमार्गको रिप पोर्टल ९स्लोप प्रोटेक्सन० मा क्षति पुर्‍याएको छ ।