यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौँ- तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी ३ कम्पनीले बुक क्लोज गर्ने भएको छ। यस अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।

ज्योति विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश गरी कुल ६.८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा फागुन १४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ।

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२.४० प्रतिशत बोनस सेयर र कर तिर्न ०.६५२६ प्रतिशत नगद लाभांश गरी कुल १३.०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा फागुन ११ गते लैनचौर बैंक्वेट लैनचौर काठमाडौंमा बिहान १० बजे हुने भएको छ।

लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा फागुन ११ गते अमृतभोग क्याटरिङ, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे हुने भएको छ।