काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महत पराजित भएका छन्।नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विक्रम तिमिल्सिनासँग महत पराजित भएका हुन्।सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तिमिल्सिनाले २२ हजार ६ सय ९ मत प्राप्त गरी निर्वाचित हुँदा पूर्व अर्थमन्त्रीसमेत रहेका महतले १८ हजार ५ सय ९७ मत ल्याए।त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३ सय ७७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बद्री मैनाली ८ हजार ९ सय ३२ मत पाए ।
प्रतिक्रिया