दोलखा समाज जापान केन्द्रिय समितीको पाँचौ अधिवेशन तथा निर्वाचन हुदैं

टोकियो, जापान। दोलखा समाज जापान केन्द्रिय समितीको पाँचौ अधिवेशन टोकियोमा हुने भएको छ।  समाजका महासचिव नारायण खड्का अनुसार समाजको पाँचौं अधिवेशन यहि आउँदो मार्च ३० तारिक जापानको टोकीयो स्थित राईनो किचेन सुगामोमा दिउँसो ११ बजेबाट गरिने तय भएको जानकारी दिनु भयो।

 

विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका दोलखालीहरुको छाता संगठन दोलखा समाज जापानले दोलखाली समुदाय बिच आपासि  भाईचाराको सम्बन्ध बिस्तार गर्न, जापानमा रहदा विभिन्न अवसर, सहायता, सद्भाव प्रेरणा र हौसला प्राप्त गरि सहज जीवन यापनमा सहयोग पुग्न सक्छ भन्ने हेतुले गठन भएको समाजको अधिवेशनमा सम्पूर्ण दोलखालीहरुलाई सहभागीताको लागि समाजका अध्यक्ष रोशन थापाले आग्रह गर्नू भएको छ ।

 

अधिवेशनले  संस्थाको भावि योजना लक्ष्य, कार्यदिशा तय गर्ने गरि छलफल गरिने तथा जापानको नियम र कानुनको अधिनमा रहि संस्था संचालनको लागि एनपीओ होजीनमा दर्ता गरिएको विधानमा आधारित रहेर तयार पारिएको समाजको विधान छलफल गरि पारित गरिने  र आगामी कार्यकालको लागि नयाँ कार्य समिति समेत चयन गर्ने कार्यक्रम तय गरिएको समाजका महासचिव खड्काले बताउनु भयो।