images

सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धसपाल्चोक क्षेत्र नं। २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन् ।दुलालले २१ हजार ६ सय ९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी बंशलाल तामाङले १९ हजार १ सय ४६ मत प्राप्त गरे ।दुलाल २०७४ देखि २०७९ र २०७९ देखि २०८२ माघसम्म दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।उनले बागमती प्रदेश सरकारमा सामाजिक विकास मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

सोमबार २५ फागुन २०८२ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया