images

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो: राष्ट्रिय झन्डा किनझुकाइयो ?

–नरेशकुमार जोशी
काठमाडौं । नेपालक्रिकेट एसोसिएसन (क्यान) विश्वकपनजिकिँदै गर्दा जर्सीका कारण विवादमातानिएको छ ।  अगामीजुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजनाहुने विश्वकपको लागि नेपाली टोलीअभ्यासमाअभ्यस्तभइरहेको बेलाबुधबार क्यानले एक समारोहबिचखेलाडीका लागिआधिकारिक जर्सी सार्वजनिक गरेको थियो । 
पत्रकार सम्मेलनको आयोजनागर्दै बुधबार युवातथा खेलकुदमन्त्रीविराजभक्तश्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)कासदस्यसचिव टंकलाल घिसिङले संयुक्तरुपमाविश्वकपमा नेपाली खेलाडीले प्रयोग गर्ने जर्सी सार्वजनिक गरेका थिए । तर, जर्सीकै विषयलाई लिएर नेपालक्रिकेट संघक्यान नै दुई कित्तामाविभाजितभएको छ । 
क्यानकाकेन्द्रीयसदस्यतथापूर्वप्रवक्तादुर्गाराज पाठकले नेपाली खेलाडीले प्रयोग गर्ने जर्सीमा नेपालको मौलिकता, राष्ट्रियता र पहिचानझल्किने भएकाले छलफल नगरिजर्सी सार्वजनिक गर्नु आफैंमा गलतभएको बताए । 
नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सीजस्तो संवेदनशील र अन्तर्राष्ट्रिय पहिचानकोविषयमा समेत छलफल नगरि क्यानकाअध्यक्ष चतुरबहादुर चन्द र सचिवपारस खड्काले एकतर्फी र एकलौटी गरेको आरोप पाठकको छ । 
संस्थागत र सामूहिक गर्नुपर्ने भएतापनिक्यानका केहीपदाधिकारीहरुले जानकारी समेत नदिई रातरात जर्सी सार्वजनिक गर्नु दुःखदभएको भन्दै आपत्तिजनाए । 
उनले भने, ‘कुनैपनि खेलाडीले प्रयोग गर्ने जर्सी उक्त देशको मौलिकता, पहिचान र उसको राष्ट्रियताको प्रतिनिधितव गर्ने गर्दछ । अहिले नेपाली खेलाडीले प्रयोग गर्दै आएको जर्सी हामीले क्यानको बोर्ड बैठकबाट निर्णय गरेर छनोट गरेका थियौं । धेरै कम्पनीलाई जर्सी बनाउनभनेका थियौं । त्यहीबाट सबैले छलफल र सहमतिमा छनोट गरेका हौं । तर अहिले क्यानमा आवद्ध भएको एक जिम्मेवार व्यक्तिमैले मात्रै दुई दिनपहिले थाहापाएँ । जर्सी त तयार भइसकेको रहेछ  । कम्तिमाक्यानमा त छलफल गर्नुपर्छ ।एकतर्फी गर्न खोज्नुभएको छ ।’
संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिवपारस खड्काले खेलाडी र क्यानकाप्रतिनिधिसँग छलफल नै नगरि सार्वजनिक गरेको भन्दै आपत्तिजनाएका ह्न् । अहिलेको नेतृत्वले नेपालीक्रिकेट जगतको नेतृत्व गर्न नसकिरहेको पाठकको आरोप छ । 
यताक्यानकाअध्यक्ष चतुरबहादुर चन्दले खेलकुदमन्त्रीतथाक्यानकापदाधिकारीकै उपस्थितिमाजर्सी रिभिल गरिएको भन्दै कसैलाई ‘बाइपास’ नगरिएको टिप्पणी गरे । 
विश्वकपतयारीको लागि समयकमहुनु र जर्सीकाबारेमा आफूहरुले लामो समयदेखि छलफल गरेका कारण उपयुक्त समयमाजर्सी रिभिल गरिएको भन्दै जर्सीलाई लिएर क्यानका केही सदस्यहरुलेअतिरन्जनामच्चाइरहेको बताए । 
अध्यक्षचन्दले भने,‘पहिले क्यानको बोर्ड बैठकबाट छलफल गरेर हामीले जर्सी छनोट गथ्र्यौं । अहिले विश्वकपको तयारीकालागि समयकमभएका कारणले छलफल नगरि सार्वजनिक गर्नुपर्ने भयो । जर्सीका विषयमा कसैलाई बाइपास गरिएको छैन ।’
जर्सीमा झण्डा झुकेको स्टिकर प्रयोग गरिएकोप्रतिक्रिकेट समर्थकले आलोचना गरिरहेका छन् । सामाजिक संजालमाचर्को आलोचनाभइरहेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘झुकाएको भन्नु भएन । यसलाई सकरात्मक रुपमालिउँ । काँधमा झण्डा राख्दैमा झुकाएको भन्नमिल्दैन ।’
नेपालको नयाँजर्सीमा रातो, हल्का सेतो र नीलोे रङ्ग मिश्रित गरिएको छ भने दुवै काँधमा नेपालको झण्डा अंकित रहेको छ । त्यस्तै जर्सीको तल्लो भागमा सगरमाथाअंकित छ भने छातीको एक भागमाप्रयोजकको लोगो र अर्को भागमाक्यानको लोगो राखिएको छ । 
यद्यपी,नेपाली राष्ट्रिय टोलीअभ्यासकालागि देशबाहिर रहेको अवस्थामाजर्सी सार्वजनिक गर्नुलाई क्रिकेटप्रेमीले खिन्नताव्यक्त गरिरहेका छन् । भने अर्कोतर्फ जर्सीमा प्रयोग गरिएको नेपाली झण्डा र जर्सीको रंगलाई लिएर समेत नकारात्मकप्रतिक्रियाहरु आइरहेका छन् । 
क्यानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्टमा फेसबुक प्रयोगकर्ताहरुले देशको प्रतिष्ठा र स्वाभिमानसँग जोडिएको भन्दै तुरुन्तजर्सी फेर्न दबाबदिएका छन् । 
जर्सीबारे टिप्पणी गर्दै एकजनाप्रयोगकर्ता लेख्छन्, ‘सगरमाथाको माथिल्लो भागमा सेतो कलरमा हुनुपर्ने, गैंडाको कमसेकमक्यानको लोगोमा मुखमात्र देखिन्छ । झण्डाकाँधमाभन्दाबाउलामाहुनुपर्ने, भगवानगौतम बुद्धकोफोटो अगाडि वा पछाडि मिलाएर राख्नुपर्ने थियो ।’
नयाँजर्सीमा प्रयोग गरिएको राष्ट्रिय झन्डाको विषयलाई लिएर सबैभन्दा बढी नकारात्मक टिप्पणी आएका छन् । खेलाडीको काँधमापर्नेगरी जर्सीको दुबैतर्फ राखिएको राष्ट्रिय झण्डा झुकेको बनाइएको छ । सोहीविषयलाई लिएर सामाजिक सञ्जालमानयाँजर्सीको बढी विरोध भइरहेको हो । 
अर्का प्रयोगकर्ता लेख्छन्, ‘चन्द्र र सूर्य प्रष्टसँग देखिनुपर्यो । हाम्रो राष्ट्रिय झण्डा झुकेको छैन र झुक्दैन पनि । त्यसैले कि ठुलो बनाउनुस् कि त ठाडो बनाउनुस् । यो चाँहीभएन ।जर्सी क्यानकादुई जनालाई होइन समग्र नेपालीलाई मनपर्ने हुनुपर्दछ ।’
त्यसैगरि, जर्सीमा प्रयोग गरिएको पहेंलो रङ्ग र हिमालमाप्रयोग गरिएको रातो रङ्गको विषयलाई लिएर पनि धेरै सामाजिक सञ्जालप्रयोगकर्ताले नकारात्मक टिप्पणी गरिरहेका छन् । (नेपालन्यूज बैंक)
 

मङ्गलबार २७ चैत २०८० ०५:०० PM मा प्रकाशित

प्रतिक्रिया