बुर्किना फासो : गाईभैँसी चोरीपछि सुरु भएको गोली हानाहानमा ४४ जनाको मृत्यु

एजेन्सी - उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।  गाईभैँसी चोरी भएको विषयबाट नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा  दुई हमला सुरु भएका थिए।

कुन पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन, तर यस क्षेत्रमा जिहादी हिंसा प्रायः हुने गर्दछ। अधिकारीहरूले यसको लागि सशस्त्र आतंकवादी समूह लाई दोष दिएका छन्।