२९ जना जिल्ला न्यायाधिसका लागि जागिर खुल्यो

काठमाडौँ - जिल्ला न्यायाधिसका लागि जागिर खुलेको छ। न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो।

आज एक बिज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासीरजनजाती २ जना, मधेशी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हन गरेको हो ।

विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ । भदौंं १६ देखी भदौं २० सम्म परिक्षा हुने पनि जारी सुचनामा उल्लेख छ । दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।