काठमाडौं । ‘हिमालयनगानादा फुटसलगोल्ड कप २०८१’ को उपाधिआयोजक टिम हिमालयन फुटबल क्लबले रक्षा गर्न सफलभएको छ । राजधानीको चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा सम्पन्नफाईनल खेलमा ढुकु स्पोर्ट्स हवलाई पेनाल्टी सूटआउटमा ३ २ गोल अन्तरले पराजितगर्दै हिमालयनएफसीले उपाधि रक्षा गरेको हो । निर्धारित २० मिनेटको समयमा १(१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा तेस्रो नम्बरमा गोल गर्न पुगेका ढुकुका खेलाडी चुक्दाहिमालयनएफसीले उपाधिचुम्यो । उपाधिसँगै गोल्डकप, विजयी मेडल र नगद २ लाख पुरस्कार आयोजकले नै राख्न सफल रह्यो । विजयी टिमलाई नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले ट्रफी, मेडल र चेक भौचर प्रदान गरेका थिए । यस्तै रनरअप बनेको ढुकुलाई नेपालीमहिला राष्ट्रिय टिमका खेलाडीहरू अनिता बस्नेत, हिरा भुजेल, निशाथोकर र सविता राना मगरले संयुक्त रूपमानगद १ लाख पुरस्कार र रनरअप मेडल प्रदान गरे । प्रतियोगितामाहिमालयनएफसीकादिपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । गोलपोस्टको जिम्मा सम्हालेका दिपेशले प्रि क्वाटरमा टिमको लागिदुई गोल गर्न सफलभएकाथिएभएफाइनल खेलको पेनाल्टीमा पनिविजयीगोल उनले नै गरेका थिए । उनले नगद १० हजार आफ्नो पक्षमापारे । यस्तै उत्कृष्ट खेलाडीको पुरस्कार ढुकुका अशोक मगरले हातपारे । उनले पनि समान १० हजार पाउँदा फेयरप्ले टिमको उपाधि मत्से फुटसलले जित्यो । बागमती फुटबल संघका उपाध्यक्ष राजिवमानसिंह बस्नेतले फेयरप्ले टिमलाई नगद २० हजार र ट्रफी प्रदान गरे । नेपाली फुटसल इतिहासमै पहिलो पटक गोल्डकप आयोजना गरेको दाबीआयोजकको छ । समापन समारोहमाप्रमुखअतिथि रहेका राष्ट्रिय टिमका पूर्व कप्तान खड्काले सर्वाधिकधनराशीको गोल्डकप आयोजना सम्पन्न गरेकोमा हिमालयनएफसीलाई बधाई दिँदै यो प्रकारको प्रतियोगिताले युवा खेलाडीको प्रतिभा प्रस्फुटन र क्षमताअभिवृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने बताए । समापनमन्तव्य राख्दै क्लबमाअध्यक्षविनोद कार्कीले कार्यक्रम सम्पन्न गर्न आर्थिक भौतिक र हरेकपक्षबाट सहयोग गर्ने सबैलाई धन्यवाददिँदै यो सफलताले भोलीको दिनमाथपउत्कृष्ट प्रतियोगिताआयोजना गर्ने उर्जा प्रदान गरेको बताए । ३२ टिम सहभागिप्रतियोगितादुई दिनसम्मचलेको थियो । एन्फाउपाध्यक्षदावालामाले प्रतियोगिताको उद्घाटनसँगै बल हस्तान्तरण गरेपछि खेल सुरू भएकाथिए । हरेकवर्ष यो प्रकारको प्रतियोगिता र सामाजिक क्षेत्रमागर्दै आएकाकार्यक्रमलाई निरन्तरतादिने आयोजकले बताएको छ । हिमालयन फुटबल क्लब र गानादा एजुकेसनल कन्सल्टेन्सीको संयुक्तआयोजनामाप्रतियोगिता सम्पन्नभएको थियो ।
प्रतिक्रिया