images

मकवानपुरको थाहाआउँदै प्रचण्ड 

हेटौंडा । पूर्वप्रधानमन्त्रीतथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ आजमकवानपुर आउँदैछन् । वाईसिएल नेपालथाहानगर कमिटीको दोस्रो सम्मेलनको उद्घाटन गर्न अध्यक्षदाहालजिल्लाको थाहानगरपालिकाको पालुङ आउने भएकाहुन् । उनले पालुङको ईन्द्रायणी चौरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजबिहान९ बजे चन्द्रागिरीको बाटो हुदै चित्लाङ आइपुग्ने जनाइएको छ । अध्यक्ष प्रचण्डलाई चित्लाङबाट ५ सय वटा मोटरसाईकलले स्कर्टिङ गर्दै पालुङ ल्याउने कार्यक्रम रहेको नेकपामाओवादी केन्द्र थाहानगरका अध्यक्षविनोद लामाले जानकारी दिए । अध्यक्ष प्रचण्डले बिहानको खानाबज्रबाराहीमाखाने कार्यक्रम रहेको उनले बताए । चित्लाङबाट पालुङ आउँदा त्यस बीचमापर्नेथाहानगरको वडा समितिले अध्यक्ष प्रचण्डलाई स्वागत गर्ने र बज्रबाराहीमाविशेष स्वागतकार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डले कुन्छालमा सहिद परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्षलामाले जानकारी दिए । अध्यक्ष प्रचण्डसँगै पार्टीका उपाध्यक्षअग्नी सापकोटा, बाइसीएलका केन्द्रीयअध्यक्ष सुवोध शेर्पालीसहित केन्द्रीय सदस्य, बागमतीप्रदेश अध्यक्षसहितको सहभागिता रहने छ । कार्यक्रममाशहीदतथा बेपत्ता परिवार, पूर्व जनमुक्ति सेनालाई सम्मान गरिने छ । कार्यक्रमलाई भव्यबनाउनथाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्नझाँकीसहित पदैल ¥यालीको तयारी गरिएको अध्यक्षलामाले बताए । उनकाअनुसार ¥यालीमामहिलापञ्चेबाजा, तामाङहरुको झाँक्रीनाँच, महिलाहरुको खैजडी, गोपालीहरुको बासुरीको धुन, नेवारहरुको धिमे बाजासहितविभिन्नझाँकीले अध्यक्ष प्रचण्डको स्वागत गर्ने तयारी भएको छ । अध्यक्ष प्रचण्ड थाहानगरमै बस्ने कार्यक्रम रहेको अध्यक्षलामाले जानकारी दिए । पालुङको सभालाई सम्बोधन पछि शनिबारको रात प्रचण्डले बज्रबाराहीको एक होटलमा बिताउने भएका छन् । उनले त्यही नेतातथाकार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । आइतबार पार्टीका नेताकार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पालुङमा रहेको जेसीजहलमामाओवादी केन्द्र बागमतीप्रदेश समितिकाअध्यक्ष सरल सहयात्रीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
 

शनिबार २४ कात्तिक २०८१ ०८:१६ AM मा प्रकाशित

प्रतिक्रिया