काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीयाक्सले आफ्नो खेल पोशाक(जर्सी) सार्वजनिक गरेको छ । शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बिच कर्णालीप्रदेशको प्रतिनिधित्व गरेको कर्णालीयाक्सले स्थानीयझझल्को दिने जर्सी सार्वजनिकगर्यो । जर्सीमा कर्णालीप्रदेशको प्रतिनिधित्व गर्ने हिमालीभूभाग, रारा र से–फोक्सुन्डोको तालरूपीनिलो रंग तथा कर्णालीमापाइने याकको प्रतिक छ । मार्की खेलाडी सोमपालकामी र ‘फेस अफ कर्णालीयाक्स’कलाकार स्वस्तिमा खड्काले नेपालप्रिमियर लिग(एनपिएल)को लागिजर्सी प्रदर्शन गरेका हुन् । कार्यक्रममापूर्व उप–प्रधानमन्त्रीतथा खेलकुदमन्त्री पूर्णबहादुर खड्का, कर्णालीयाक्सकामालिकझनकदत्तखनाल, सहमालिक गृहेन्द्र घिमिरे, नेपालक्रिकेट संघ (क्यान)का सचिवपारस खड्का, क्यानप्रवक्ता छुम्बी लामा, टिम प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै कर्णालीयाक्समा आवद्ध खेलाडीको सहभागिताथियो । पूर्व मन्त्री खड्काले कर्णालीयाक्सलाई प्रतियोगिताको लागिशुभकामनादिएका छन् । ‘कर्णालीयाक्सलाई प्रतियोगिता सफलताको लागिशुभकामना छ । कर्णालीबासीको तर्फबाट टोलीलाई जितको शुभकामना,’ खड्काले भने, ‘अहिले नेपालीक्रिकेटको भविष्यउज्ज्वल छ । कर्णालीको हिमालीभाग, धार्मिक स्थल, कर्णालीसँगै जोडिएको भूभाग कैलाशमानसरोवर भ्रमण गर्न जो कोहीलाई कर्णालीयाक्समार्फत हौसलाप्राप्तहुने विश्वास छ ।’ पूर्व मन्त्री खड्काले क्यानमापारस खड्का आएसँगै क्यानले सरकार र व्यवसायिकलाई मिलाएर क्रिकेटलाई राम्रो गराउनलाग्नु सकारात्मक सन्देश रहेको जनाए ।
प्रतियोगिताको लागि कर्णालीयाक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीकागुल्शन झा, देव खनाल र नन्दनयावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवनकार्की छन् । ‘सी’श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । विदेशीतीन खेलाडी पनिअनुबन्ध गरिसकेको छ । कर्णालीयाक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानकाअलराउन्डर मोहम्मद हुसैन तलात र हङकङकाबाबर हायतलाई अनुबन्ध गरेको छ । प्रतियोगिताकै लागि कर्णालीयाक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । सचिवपारस खड्काले कर्णालीयाक्सलाई समर्थन गर्न समर्थक जर्सी धारण गरेर टियु मैदानआउने आशागर्दै काठमाडौं नै कर्णालीमयभएको बताए । ‘कर्णालीका सबै समर्थकले यो जर्सी लगाएर खेल हेरेको हेर्ने सपना छ । एनपिएनखेलमात्रै नभएर संस्कार हो,’ उनले भने, ‘कर्णालीयाक्सको जर्सी निकै गज्जबको छ । जर्सी लगाएर कर्णालीकै समर्थन गर्नु होला । आधा काठमाडौंअहिले नै कर्णालीमयभईसकेको छ ।’ कर्णालीयाक्सकामार्की खेलाडी सोमपालकामीले एनपिएलमा टिमले सोचेको जस्तो प्रदर्शन दिने बताए । ‘आजको दिनएकदमउत्साहित छु । यहीदिनको लागिक्रिकेट सुरु गरेका थियौंं, ’ सोमपालले भने, ‘कर्णालीयाक्समा ज्ञानेन्द्र दाईसँगै सहकर्मी देव खनाल र गुल्शन झा पाएका छौं । टिमले सोचेको जस्तो राम्रो प्रदर्शन गर्छौ ।’ प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।
प्रतिक्रिया