धादिङ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार ६ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथमानवसेवाआश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्तआयोजनामा उद्धारयात्रा सुरु भएको हो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राकाक्रममाशुक्रबार गोरखाबाट १जना, तनहुँबाट १ जना, चितवनबाट २ जना, र धादिङको गजुरी गाउँपालिका–५ बाट २ गरि ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएको हो । शुक्रबार उद्धार हुनुभएका ६ जनालाई मानवसेवाआश्रम काठमाडौंँको रानीवनसेवाकेन्द्रमा संरक्षणका लागि राखिने भएको छ । असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २६ औँ दिनधादिङको गजुरीसम्मआइपुग्दा १८९ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवाआश्रमका संस्थापक केन्द्रीयअध्यक्ष रामजीअधिकारीले जानकारी दिए । उद्धार गरिएका १४६ जनापुरुष र ४३ जनामहिलाको संख्यामध्ये ५ बालिका र ४ बालकपनि रहेका छन् । राष्ट्रिय उद्धार टोलीशुक्रबार गोरखाहुँदै तनहुँ, चितवन, धादिङका सडकपेटी रहनुभएका सहयोगापेक्षीमानवहरुको उद्धार सेवामा खटिएको हो । साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोलीले शुक्रबार २६ दिनको यात्रालाई बिट मार्दै शुक्रबार नै उपत्यकाप्रवेश गरिसकेको छ भने शनिबारदेखि काठमाडौँ उपत्यका सडकपेटी तथा सार्वजनिक स्थानमा रहनुभएका सडकआश्रित मानवहरुको उद्धार सेवामा रहने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया