images

विलासिता र मनोरञ्जन पर्यटन सम्बन्धी दुईदिने सम्मेलन दिल्लीमा

काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतको राजधानी नयाँ दिल्लीमा विलासिता र मनोरञ्जन पर्यटन सम्बन्धी दुईदिने सम्मेलन सम्पन्न गरेको छ ।बोर्डले बैठक, यात्रा र प्रोत्साहन ९एमटिएम० तथा लक्जरी, मनोरञ्जन, यात्रा र सम्मेलन ९एलएलटिएम० कार्यक्रम २०२६ शुक्रबार सम्पन्न गरेको हो ।एमटिएम पर्यटन क्षेत्रमा व्यापारिक बैठक र कम्पनीरसंस्थाका कर्मचारी वा ग्राहकलाई लक्षित प्रोत्साहन यात्रा व्यवस्थापनसँग सम्बन्धित प्लेटफर्म हो भने एलएलटिएम पर्यटन क्षेत्रमा उच्च–स्तरीय ९लक्जरी० अनुभव, अवकाश यात्रा, बिजनेस यात्रा र मीटिङ्स व्यवस्थापनसँग सम्बन्धित कार्यक्रम हो ।सम्मेलन मार्फत बोर्डले भारतीय यात्रा तथा बैठक, प्रोत्साहन भ्रमण, सम्मेलन तथा प्रदर्शनी सम्बन्धी पर्यटन क्षेत्रका निर्णयकर्तासँग प्रत्यक्ष संलग्नता विस्तार समेत गरेको हो ।उक्त कार्यक्रमले विभिन्न क्षेत्रका कर्पोरेट खरीददार, प्रतिष्ठित ब्रान्डहरू र वरिष्ठ नेतृत्वलाई एकै थलोमा ल्याउँदै निर्णय नेतृत्व केन्द्रित प्लेटफर्मको रूपमा आफ्नो भूमिकालाई पुनः पुष्टि गरेको जनाएको छ ।जनवरी ८ र ९ मा आयोजित कार्यक्रममा उद्देश्य र सान्दर्भिकतामा आधारित वातावरण निर्माण गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार कार्यक्रममा ‘रिभर्स मार्केटप्लेस’ अवधारणामार्फत खरीददार र विक्रेताबीच संचालीत एक–एक बैठकहरू आयोजना गरिएका थिए ।जसले लक्षित नेटवर्किङलाई प्रभावकारी बनाएको छ । साथै, क्षेत्रको बदलिँदो प्राथमिकतालाई प्रतिबिम्बित गर्ने अग्रगामी छलफलहरू पनि सञ्चालन गरिएको थियो ।प्रत्यक्ष अन्तरक्रिया र केन्द्रित संवादमार्फत नेपाल पर्यटन बोर्डले भारतीय बजारमा नेपालको पर्यटनबारे सचेतना अभिवृद्धि गर्नुका साथै दीर्घकालीन व्यापारिक सम्बन्ध निर्माण र बजार विस्तारमा जोड दिएको जनाएको छ ।प्रत्यक्ष अन्तरक्रिया र लक्षित संवादमार्फत नेपाल पर्यटन बोर्डले आफ्नो ब्राण्ड अवेयरनेस मजबुत बनाएको, व्यापार सम्बन्ध विस्तार गरेको र भारतीय बजारसँगको सम्बन्ध गहिरो बनाएको जनाइएको छ ।कार्यक्रमको दोस्रो दिन आयोजित इभेन्ट्स र लक्जरी, मनोरञ्जन स्टार अवार्ड फोर वेडिङ प्लानर्सले भारतको विवाह तथा उत्सव अर्थतन्त्रमा उत्कृष्ट योजना र कार्यान्वयन गरेका पेशेवरहरूलाई सम्मान गरेको थियो ।यस अवसरमा नेपालले यस विशेष बजारमा आफ्नो सशक्त उपस्थितिलाई देखाएको र आगामी वर्षहरूमा यस क्षेत्रको विकासको सम्भावना प्रस्तुत गरेको छ ।

शनिबार २६ पुस २०८२ ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया