सिद्धार्थ बैंकले चौथो पटक जग्गा लिलामीमा राख्यो

काठमाडौं - सिद्धार्थ बैंकले चितवनको गैरबैंकिङ सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै भरतपुरमा रहेको घरजग्गा लिलाम गोप्य सिलबन्दी मार्फत लिलाम बिक्री गर्ने भएको हो । 

बैंकले भरतपुर महानगरपालिका १० स्थित कित्ता नम्बर ६२९ को ०–०–१६–० बिघा क्षेत्रफलको घरजग्गा लिलाम बिक्री गर्ने जनाएको छ । सो जग्गा यसअघि तीनपटक लिलामीमा राखिएको थियो । जग्गा बिक्री नभएपछि बैंकले चौथो पटक जग्गा लिलामीमा राखेको हो । 

जग्गा खरिद गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनी तथा संघ संस्थाहरूले सूचना प्रकाशित भएको मितिदेखि ७ दिन भित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा गोप्य सिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । 

उक्त गैरबैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ । थप जानकारीका लागि बैंकको प्रधान कार्यालय र चितवनको नारायणगढ शाखामा सम्पर्क गर्न बैंकले आह्वान गरेको छ । थप बुझ्नका लागि बैंकको प्रधान कार्यालय र चितवनको नारायणगढ शाखामा सम्पर्क गर्नुपर्नेछ ।