काठमाडौँ । डिजिटल रूपान्तरण र साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनले अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस प्राप्त गरेको छ। विश्वभरका १ लाख ४० हजारभन्दा बढी एडब्लुएस साझेदारहरुमध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेर जेनेस सलुशन यो प्रतिष्ठित उपाधि प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र कम्पनी बनेको छ ।जेनेस सलुशन (धधधनभलभकभकयगितष्यल।अयm) को यो उपलब्धिले प्राविधिक नवप्रवर्तन, उच्चस्तरीय सेवा वितरण र ग्राहक सफलताप्रति यसको निरन्तर प्रतिबद्धतालाई पुष्टि गर्छ, कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ। जेनेस सलुशनले विश्वभरका संस्थाहरूलाई एडब्लुएसमा आधारित समाधानहरू डिजाइन गर्न, माइग्रेसन गर्न र व्यवस्थापन गर्न मद्दत पु¥याउँदै आएको छ।जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने, ‘एडब्लुएसको प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस हासिल गर्ने नेपालको पहिलो कम्पनी बन्नु हाम्रो कम्पनीका लागि मात्र होइन, देशका लागि पनि गौरवको क्षण हो। हामी अब डिजिटल रूपान्तरणको यात्रामा सहायक मात्र होइन, नेतृत्वदायी भूमिकामा छौं, नवप्रवर्तनको अगुवाइ गर्दैछौं र विश्वव्यापी मञ्चमा चिनिँदैछौं। ’‘जेनेस सलुशनमा नवप्रवर्तन कुनै मान्यता मात्र होइन, यो हाम्रा सम्पूर्ण गतिविधिको केन्द्रमा रहेको विषय हो। अमेरिका होस् वा नाइजेरिया, स्टार्टअप होस् वा इन्टरप्राइज, बैंकिङ, शिक्षा वा सरकारी क्षेत्र, हामी सुरक्षित, मापनयोग्य र भविष्य–उन्मुख प्रविधि दिन प्रयत्नशील छौं। यो मान्यता बहुपक्षीयता, समावेशिता र उच्चतम गुणस्तरको सेवा प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धताको प्रमाण हो,’उनले थपे।
प्रतिक्रिया