काठमाडौं । जनता समाजवादीपार्टी (जसपा) नेपालकाप्रचार विभागप्रमुखपूर्ण बस्नेतले सरकारले चीनसँग गरेको बीआरआई सम्झौताबारे औपचारिक रुपमाजनतालाई जानकारी गराउनुपर्ने बताएकाछन् । उनले नेपालपक्षले ग्रान्टफाइनान्सीङ कोअपरेसन राखेर सहमति गर्न चाहेको र चीनियापक्षले संशोधन गरी एसिस्टेन्टफाइनान्सीङ मोडालिटीबनाएको तर अन्तमाएड एसिस्टेन्स फाइनान्सीङ राखेर सहमति गरिएको भनिएको बीआरआई सम्झौताबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताएकाहुन् । मुलुकहरुबीचआवश्यक्ताअनुसार विभिन्नविषयमा सन्धिसम्झौताहुन सक्छ । सन्धिसम्झौतामुलुकको हितलाई मध्यनजर राखेरै गरिएको हुन्छ तर कहिलेकाही सन्धिसम्झौताको परिणाम अपेक्षीतहुँदैन भने कहिलेकाहीप्रत्युत्पादकसमेत बन्नजाने उनको भनाइ छ । बस्नेतले भने, ‘नेपालसँगआजसम्मभए गरेका अधिकांश सन्धिसम्झौताप्रतिजनताको धारणा सकारात्मक बनेको देखिदैन । सन्धिसम्झौताकै कारणमुलुकअमूकशक्ति राष्ट्रको पञ्जामा पर्ने, राजनीतिक रुपमा ध्रुवीकरणहरु बन्ने तथाबदलिने, आन्तरिक रुपमादलहरु विभाजनहुनेसम्मकाघटनाहुने गरेका छन् । शासकहरुले देश र जनतालाई केन्द्रविन्दुमा राखेर भन्दाआफ्नो सत्तास्वार्थलाई केन्द्रविन्दु राखेर सन्धिसम्झौता र निर्णय गर्ने गरेका कारणविभिन्नघटना, परिघटना, प्रश्न, संशय, शंकाउपशंकाउब्जने गरेका छन् ।’ सन्धिसम्झौता देशकालागिकतिफलदायी र हितकर छ भन्ने कुरा आमनागरिक भएर गरेको अनुभव, अनुभूति, भोगाइ, समीक्षा र विश्लेषणबाटथाहाहुने उनको धारणा छ । चीनसँगभएको बीआरआई सम्झौताउपयुक्तभएनभएकोबारे सार्वभौम संसदमाछलफल गरिनुपर्ने र जनताकालागि गरिएकाभनिएका सन्धिसम्झौतालाई जनताबाट नै अनुमोदन गर्नुपर्ने कुरामाउनले जोड दिए ।
प्रतिक्रिया