काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।
आइतबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिदैँ आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाऔं १सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना १’
प्रतिक्रिया