images

सुनको मूल्यमा बृद्धि, चाँदीको घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्यसूची अनुसार मंगलबार सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको सुन आज ६ सय रुपैंयाँले बढि १ लाख ७० हजार २ सय रुपैंयाँमा कारोवार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ कारोवार भएको चाँदीे आज ३० रुपैयाले घटेको हो । जसले गर्दा आज चाँदी १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको छ । 

मङ्गलबार २९ माघ २०८१ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया