चीनद्वारा नेपाललाई पर्यटकीय गन्तव्यका लागि खुला

काठमाडौँ - चीनले नेपाललाई पर्यटकीय गन्तव्यका लागि खुला गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार चीनको पर्यटकीय गन्तव्यको ४० देशको सूचीमा नेपाल पनि समेटिएको हो । 

यसअघि  श्रीलंका लगायत  देशलाई खुला गरेपनि चीनले नेपाललाई खुला गरेको थिएन । कोरोना महामारीका रुपमा चीनले यात्रामा प्रतिबन्ध लगाउँदै आएको थियो । चिनियाँ सञ्चारमाध्यम बेइजिङ डेलीले यो निर्णय आगामी मार्च १५ देखि लागू हुने जनाएको छ । ४० देशहरूको सूचीमा नेपालसहित ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, मौरिसस, जिम्बाब्वे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोएसिया, फ्रान्स, ग्रीस, स्पेन रहेका छन् ।