images

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै 

काठमाडौं । आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्न लागेको हो । संसद सचिवालयका अनुसार बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।


 

आइतबार​ २८ बैशाख २०८२ १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया