images

शून्यसमयः प्रतिनिधि सभामा सांसदहरुको ऋतु चिन्तन

काठमाडौं । प्रतिनिधि सभाबैठकमा सांसदहरुले ऋतु अनुसारका बिषयमाचर्चा गरेर आफ्नो उपस्थिति देखाएका छन् । किसान, मजदूर र परिश्रम गरेर जिविकोपार्जन गर्ने बहुसंख्यक जनताको दैनिकीलाई सहजबनाउने दीर्घकालिननीतिनिर्माण गर्नेतर्फ पहल गर्नुभन्दा समसामयिकबिषयमाचर्चा गरेर उपस्थितिदेखाउने परम्परा नै बनिसकेको छ ।चैत लागेपछि हावाहुरी र आगजनीको नियन्त्रण गर्न सरकारलाईनिर्देशनदिन सभामुखसँगमाग गर्नेदेखि झाडापखालाको रोकथाम गर्न सरकार असफलभएको भनेर आलोचना गर्ने सांसदहरुको बानी नै परेको छ । अहिले मनसुन सुरु हुने तरखरमा छ । यो मौसममाप्राकृतिकविपत्तिको सम्भावनाप्रचूर रहन्छ । खेतिपातीको समयपनिहो यो । किसानले सदाझैं मलबिउनपाउने र उत्पादनभएको बर्खे बालीबिक्री गर्न नपाएर खेर जाने नियमित समस्याज्यूँकात्यूँ छ । यसबारेमा सांसदहरु एकजुट भएर संकल्प प्रस्तावल्याउने सामुहिकपहल गर्न कहिल्यै पनि अग्रसर हुँदैनन् । मनसुनले ल्याउनेविपत्ति र क्षतिले आहतहुने जनताको घरआँगनमापुगेर साथसहयोग दिने सांसद विरलै पाइन्छन् । उनीहरुका राजनीतिकदलले पनि संस्थागत रुपमा यस्ता विपदमाजनताको सेवा गर्न सांसद र कार्यकर्तालाई खटाउने इच्छाशक्ति देखाउने गरेका छैनन् ।

त्यसैगरी, चाडपर्वमा चिनी र मरमसलालगायतका वस्तुहरुको चर्को अभाव र नक्कलीमूल्यवृध्दिहुनेगरेको छ । महँगीले जनताको ढाड सेक्दापनि सांसदहरु रमिते  जस्तै बन्ने गरेका छन् । आफू भने जनताका यस्ता स्थायी समस्या समाधान गर्न नीतिनिर्माणमा सक्रियहुनुभन्दापनिहाजीर बजाएर तवलसुविधाकुम्ल्याउनव्यस्त देखिन्छन् । यो कुनै दल विशेषको समस्याहोइन, सबै दल यसमा एकसेएक देखिन्छन् ।वार्षिक नीतितथाकार्यक्रम र बजेट आउनु अघि जनताका यस्ता स्थायी समस्याको दीर्घकालिन समाधानको उपायखोज्न सांसदहरुबीच सहकार्य देखिँदैन । राजनीतिकखिचातानीर सत्ताको छिनाझपटीमा अनावश्यकशक्तिखर्च गर्न किञ्चित संकोच नमान्ने दलका सांसद मात्रहोइनउनकाशीर्ष तहमा रहेका नेता समेत जनतालाई स्थायी समस्याबाट मुक्त गर्न उदासिन देखिन्छन् ।संसदका ऋतु अधिवेशनहरु यसैगरी गुज्रिने गरेका छन् ।आजपनिप्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले परम्परालाई नै निरन्तरतादिएका छन् । केही दिनअघि तराईका विभिन्नजिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठूलो क्षतिपुर्याएको चर्चा गर्दैउनीहरुलेप्रभावितकिसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरे ।शून्य समयमाउनीहरुले वर्षायाम सुरु हुनलागेको र रोपाइँ सुरु हुनुअघि नै किसानलाई समयमै मल, बीउ र सिँचाइको प्रबन्ध गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । यो पात्रो पल्टाउने माग जस्तो हुनपुगेको छ, जसमाजनतालाई रत्तिभर विश्वास छैन ।

आजसांसद तेजुलाल चौधरीले नेपाल कृषिप्रधान देश भएपनिमलकालागिकिसानदिनभर लाइनलाग्नुपर्ने र रित्तो हात घर फर्किनुपर्ने बाध्यता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।सांसद ठाकुरप्रसाद गैरेले जुनसुकै सरकारी अफिसमाजाँदाकार्यालयको अगाडि दर्जनौँ गाडीहरु बेवारिसे अवस्थामा देखिने गरेको भनेर चिन्ताव्यक्त गरे । यो सांसदको चिन्ताको बिषयहो कि होइनभनेर उनै सांसदलाई हेक्का रहेको देखिँदैन ।उनले भने, ‘त्यसले वातावरण प्रदूषण त गराउँछ नै कार्यालय परिसर सुन्दर पनि देखिन्न, त्यसमाथिअर्बौंको सम्पत्ति खेर भइरहेको छ । यो क्षतिकहिलेसम्म हेरेर बस्ने हो ? सरकारलाई स्पष्ट रुलिङ होस् ।’ सांसद गैरेको भनाई सुन्दाकामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानचरितार्थ हुन्छ ।
    
सांसद डा.तोसिमाकार्कीले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ मा स्वास्थ्य संस्थातथा अस्पतालहरुले अनिवार्यरुपमाविपन्ननागरिककालागि १० प्रतिशत शय्या छुट्याइनिःशुल्क सेवा दिनुपर्छ भनिएको छ तर यो लागू नभएको भन्दै सरकारको ध्यानाकर्षण गराईन् । यो भने सान्दर्भिक चर्चा मान्न सकिन्छ ।किनभने उनीचिकित्साशास्त्रसँग सम्बन्धित सांसद पनिहुन् ।सांसद दामोदर पौडेल बैरागीले कास्कीपोखराको यम्दीनिस्किने सडक निर्माण रकमभुक्तानीनहुँदाकाम रोकिएकोभनेर चिन्ताजनाए । सडक निर्माण र भुक्तानीभनेको सडक बनाउने ठेकेदार र बनाउनलाउने सरकारी निकायको चासोको बिषयहो । तर सांसद जस्तो पदमा रहेको प्रतिनिधिले नै यसमाचिन्ताजनाउनुको खास अर्थ देखिँदैन ।

यसैगरी सांसद दीपकगिरीले दाङको देउखुरी राप्तीगाउँपालिकामसुरिया ३ मा विद्युतकोतार चँुडिएर स्थानीयको मृत्यु भएको भएका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराए । उनले यस्तो घटना दोहोरिन नदिन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन घाइते भएकालाई निःशुल्कउपचार क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्न माग गरे । एक होइन अनेक माग सरकारसँग गरिदिएपछि 
जनप्रतिनिधिहुनुको जिम्मेवारी पूरा भएझैं गरी सांसद गिरीले शून्य समयको उपयोग गरेका थिए ।
    
सांसद दीपकबहादुर सिंहले देशभरि हावाहुरीका कारण गाउँबस्तीमा घर टहरा र किसानले लगाएको मकै, केरा, मेवा, फलफूलमाक्षतिपुगेको भन्दै चाँडोभन्दा चाँडो राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । तर उनले गाउँबस्तीका टहरामा बस्ने जनतालाई भरपर्दो बसोबासको व्यवस्थाहुनसके हरेक वर्ष यस्तो अपत्ति बेहोर्नुपर्ने छैन भन्नेतिर ध्यानै दिनसकेनन् ।माग राखे जिम्मेवारी सकियो ।सांसद दुर्गा राईले संघीयप्रतिनिधिसभानियमावलीमामहिला समन्वय समितिबनाउन सकिने व्यवस्था रहेको तर आजसम्मपनि समितिबन्ननसकेकोप्रतिध्यानाकर्षण गराईन् । यो दलसँगमात्र सरोकार रहेको बिषयहो ।

सांसद देवप्रसाद तिमिल्सिनाले मनाङको नासु गाउँपालिकास्थितदूधखोलामा २०७३ सालदेखि सुरु भएको पुलहालसम्मपनिनिर्माण सम्पन्ननभएको भन्दै तत्कालनिर्माण सम्पन्न गर्नका लागिआवश्यकपहल गर्न माग गरे । सांसद देवेन्द्र पौडेलले बागलुङ खोलाको बीचमालामो समयदेखि पिलर ठड्याएको तर अहिलेसम्म पुल नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।सांसद धनराज गुरुङले बुटवल पावर कम्पनीले हालै ४३ प्रतिशतदेखि ७० प्रतिशतसम्मविद्युत् महसुल वृद्धि गरेकाले स्याङ्जामा सेवाग्राहीतथाउपभोक्ता समस्यामा परेको भन्दै समस्या समाधानकालागिमाग गरे ।प्रतिनिधि सभामाजनताकापिरमर्का समाधान गर्ने सम्बन्धमा सर्वदलीय सहमतिमा संकल्प प्रस्तावल्याएर पास गराउने र नीतिगत रुपमै समाधानगर्दै जानेतर्फ सांसदहरुको सोच चिन्ता देखिँदैन ।शून्य समय केवलआफ्नो् हाजिरी जनाउने अवसरका रुपमामात्रउपयोग हुँदैआएको छ । 
 

मङ्गलबार २८ जेठ २०८१ ०५:४४ PM मा प्रकाशित

प्रतिक्रिया