काठमाडौँ - निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपनि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।
उनले भने, ‘हामीले राखेको मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक लिएर सरोकारवालाहरुको विषय पनि सम्बोधन गर्ने र त्यसमा आवश्यक छलफल गर्ने भन्ने भएपछि आन्दोलन स्थगन गरेका हौ ।’