टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी

चितवन-  चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ ।

आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरको  टोलीले दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको चितवनका प्रहरी जानकारी दिएको छ ।