images

बाग्मती प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा तामाङ

काठमाडौं । बाग्मती प्रदेश निर्माण व्यवसायी महासंघको दोश्रो अधिवेशनले अध्यक्षमा छत्रवहादुर तामाङ निर्वाचित भएका छन् । महासंघको बुधबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजकुमार बुढाथोकी, उपाध्यक्षमा उमानन्द कँडेल र महासचिवमा चन्द्रकुमार वाइवा निर्वाचित भएका छन् ।

महासंघको उपमहासचिवमा (नीतिगत) रामबाबु घिमिरे, (आन्तरिक) मा लक्ष्मण थपलिया (दुर्लभ) र कोषाध्यक्षमा राजेन्द्र उप्रेती, सहकोषाध्यक्षमा दिलबहादुर बम्जन निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा प्रल्हाद चौंलागाई, देवराज पाण्डे, ढकप्रसाद गौतम, राजेन्द्र चौलागाई, पदमबहादुर श्रेष्ठ, राजेन्द्र आचार्य, चन्द्रमाया भंडेल निर्वाचित भएका छन् ।

बिहीबार २७ भदौ २०८१ ११:०० AM मा प्रकाशित

प्रतिक्रिया