images

महानगरले रोक्यो कान्ति अस्पतालको फोहोर संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा महानगरपालिकाको रोक लगाएको छ । महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो ।
महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो । 

मङ्गलबार १ फागुन २०८० ०७:०९ PM मा प्रकाशित

प्रतिक्रिया