काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग ९आईपीएल० शनिबारदेखि पुनः सुरु हुने भएको छ । गत हप्ता युद्धविरामका लागि भएको सफल कूटनीतिक पहलपछि पुनः लिग सञ्चालन गर्ने निर्णय गरिएको हो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीआईसीसी०ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ । साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरु हुने जनाइएको छ । क्वालिफायर १ जेठ १५ गते ९मे २९० र इलिमिनेटर जेठ १६ गते ९मे ३०० मा हुनेछ । त्यस्तै, क्वालिफायर २ जेठ १८ गते ९जुन १० मा हुनेछ ।
प्रतिक्रिया