काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । शर्माको शनिबार ह्दयघातका कारण निधन भएको थियो । राष्ट्रपति पौडेलले शर्माले पत्रकारिताका माध्यामबाट नेपाली समाजलाई पु¥याएको योगदान स्मरणीय रहेको भन्दै निर्वाचन आयुक्तका रुपमा निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गर्दै कामको स्मरण गरेको राष्ट्रपतिको सचिवलयले जनाएको छ । पत्रकारितको पृष्ठभूमीबाट निर्वाचन आयुक्त बनेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन् । साथै, राष्ट्रपति पौडेलले श्रद्धान्जलीमा शर्माको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया