images

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल ९एन्ड्रयु० निर्वाचित

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान०को अध्यक्षमा लक्ष्मण पौडेल ९एन्ड्रयु० निर्वाचित भएका छन्।एजुकेशन कन्सल्टेन्सी सञ्चालकहरूको साझा संस्था इक्यानको २०औँ साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको थियो। साधारणसभाले आगामी दुई वर्षका लागि पौडेललाई अध्यक्षमा चयन गरेको हो।उनले प्रतिस्पर्धी दीपकराज भुसाललाई पछाडि पार्दै आफ्नो बहुमत टोलीसहित विजयी हासिल गरेका छन्।महासचिव पदमा भुसाल समूहका भवनाथ हुमागाई निर्वाचित भएका छन् भने उपाध्यक्षमा बासुदेव दाहाल र गीता शिवाकोटी एन्ड्रयु समूहबाट र विकल्पराज पोखरेल भुसाल समूहबाट निर्वाचित भएका छन्। कोषाध्यक्षको जिम्मेवारी साधना पुडासैनीले सम्हाल्ने भएकी छन्।नवनिर्वाचित कार्यसमिति
अध्यक्षः
लक्ष्मण पौडेल ९एन्ड्रयु०
उपाध्यक्षहरूः
बासुदेव दाहाल
विकल्पराज पोखरेल
गीता शिवाकोटीमहासचिवः
भवनाथ हुमागाईसचिवहरूः
सुरज सिलवाल
आशिक कार्कीकोषाध्यक्षः
साधना पुडासैनीसह–कोषाध्यक्षः
गोविन्द खनालसदस्यहरूः
अनन्तराज घिमिरे
उद्धव बन
विवेक बस्नेत
दामोदर शर्मा
अशोककुमार हाथी
दिनेश पौडेल
सन्जीव पाण्डे
शिवप्रसाद अर्याल
कमलप्रसाद तिमल्सिना

बुधबार ३० पुस २०८२ ११:२० AM मा प्रकाशित

प्रतिक्रिया