images

निमावि शिक्षकमा आवेदन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन दिन आयोगले सूचित गरेको छ । आवेदकहरूले अनलाइनबाट आवेदन दिन सक्नेछन् । जसका लागि बुधबारदेखि नै आयोगको अनलाइन पोर्टल ttps://online.tsc.gov.np  बाट अनलाइन दरखास्त दिन सकिने आयोगले जनाएको छ । 

बुधबार २ फागुन २०८० १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया