images

आजको मौसम ः पहाडी भूभागमा पानी पर्ने सम्भावना 

काठमाडौं । आज देशका पहाडी भूभागका थोरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल अधिकांश भूभागको मौसम सफा रहेको छ । सोमबार महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरु र बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

सोमबार १ बैशाख २०८२ ०९:३७ AM मा प्रकाशित

प्रतिक्रिया