images

 कोशीका मुख्यमन्त्री र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधिबीच भेटवार्ता

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ ।मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा मुख्यमन्त्री कार्कीले सो संस्थाले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत संचालन गरेका परियोजनाहरूमा आभार व्यक्त गरे । उनले विशेषगरी मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव न्यूनीकरण, उच्च मूल्यका फलफूलको उत्पादन तथा बजारीकरण र व्यवस्थापनमा थप सहयोगको अपेक्षा समेत राखेका छन् । ‘कोशी प्रदेशको कृषि, जलवायु र विपद् व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्न सके ठूला उपलब्धि हासिल गर्न सकिन्छ ।’ मुख्यमन्त्री कार्कीले भने । साथै जलवायु परिवर्तनले पारेको असरप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै हिमाल, पहाड र तराई क्षेत्रले भरिएको कोशी प्रदेश जैविक विविधतायुक्त प्राकृतिक स्रोत–साधनले भरिपूर्ण रहेको जानकारी गिराएको मुख्यमन्त्रीका प्रेस सल्लाकार विक्रम लुईटेलले जनाए । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधि सिमिजुले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको बताउँदै कोशी प्रदेशमा सम्पर्क कार्यालय सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराए । 
 

सोमबार ३० असार २०८२ ०२:०२ PM मा प्रकाशित

प्रतिक्रिया