भुक्तानी नदिएको भन्दै सरकारविरुद्ध आज पनि निर्माण व्यवसायीको प्रदर्शन

काठमाडौँ - काम गरेको भुक्तानी सरकारले उपलब्ध गराएको भन्दै निर्माण व्यवसायीहरुले सोमबार पनि प्रदर्शन गरेका छन् । तेस्रो चरणको आन्दोलनअर्न्तगत नेपाल निर्माण व्यवसायी महांघको अगुवाईमा सोमबार पनि निर्माण व्यवसायीहरुले सडक विभाग, चाकुपाट र सिचाई विभाग जाउलाखेलमा धर्ना दिएका हुन् ।

व्यवसायीहरूको अर्बौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका माग राखी व्यवसायीहरू साउन १४ गतेदेखि निरन्तर आन्दोलनमा छन् ।

महासंघको निर्देशन अनुसार राजधानी केन्द्रित आन्दोलन सफल पार्न विभिन्न जिल्लाबाट व्यवसायीहरू काठमाडौं उपत्यकामा आएको निर्माण व्यवसायी राजु कार्कीले जानकारी दिए। उनले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।