नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

काठमाडौँ - नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेको बताइएको छ ।