images

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजबस्दै छ । दिउँसो १ बजेका लागिबोलाइएको बैठक पार्टी केन्द्रीयकार्यालय बनस्थलीमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिकगतिविधिबारे छलफल तथाराष्ट्रिय भेलामा सहभागिताको लागिआएको प्रतिनिधिको नाम र रिपोर्ट बारे कार्यवाहकमहामन्त्रीले ब्रिफिङ गर्ने पार्टीका कार्यवाहकप्रवक्तामनिषझाले जानकारी दिए । त्यस्तै, बैठकमा राष्ट्रिय भेलाको प्रस्तावितकार्य तालिकामा छलफल, राष्ट्रिय भेलाको हालसम्मको तयारीकाबारे सबै उपसमितिद्वारा प्रस्तुत र छलफलहुने उनले जानकारी दिए । त्यसैगरी, झाले बैठकमा विधान संशोधन सुझावकार्यदलको सुझावप्रतिवेदन प्रस्तुतहुने र प्रस्तावितनियमावली र कार्यविधिमाथि छलफल हुने जानकारी दिए । 
 

शनिबार २९ भदौ २०८१ १०:०९ AM मा प्रकाशित

प्रतिक्रिया