images

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

काठमाडौं । शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २।५ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३।१ डिग्री सेल्सियस मापन गरेको थियो । काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ । जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन् । त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ। । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको  छ । यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको थियो ।
 

शनिबार २९ मंसिर २०८१ ०९:४४ AM मा प्रकाशित

प्रतिक्रिया