images

एमालेको बन्दसत्र ३ बजेबाट सुरु हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको बन्दसत्र आज दिउँसो ३ बजेबाट सुरु हुने भएको छ ।आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनको बन्द सत्रको समय सारिएको र दिउँसो ३ बजेबाट सुरु हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।उनका अनुसार बन्दसत्र बिहानबाट नै सुरु हुने भनिए पनि त्यसभन्दा अघि बसेको केन्द्रीय कमिटीको बैठकका कारण समय सारिएको हो ।

आइतबार​ २८ मंसिर २०८२ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया