images

जापानको टोकियोमा चक्कु प्रहार, एकको मृत्यु एक घाइते

टोकियो- जापानको राजधानी टोकियोको सुगिनामी वार्डमा बिहीबार बिहान भएको चक्कु आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घर भाडा नतिरेको विषयमा अपार्टमेन्ट खाली गराउने कानुनी प्रक्रियाका क्रममा पुगेका एक कम्पनीका कर्मचारीको मृत्यु भएको हो भने अदालतका एक कर्मचारी घाइते भएका छन्।

घटनामा संलग्न रहेको आशंकामा ४० वर्षीय अपार्टमेन्ट बासिन्दालाई प्रहरीले पक्राउ गरेको छ। आरोपीले चक्कु प्रहार गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। निष्कासन प्रक्रियाका क्रममा उनले आगो लगाउने प्रयास समेत गरेको जनाइएको छ। प्रहरीले घटनालाई ज्यान मार्ने उद्योगको रूपमा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ।


स्रोत: एनएचके जापान

बिहीबार १ माघ २०८२ ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया