रूसले युक्रेनको स्लोभ्यान्स्कमा आक्रमण गर्दा ८ जनाको मृत्यु, २१ घाइते

एजेन्सी - युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसको आक्रमणमा परेर दुई वर्षीय बालकसहित करिब ८ जनाको मृत्यु भएको छ ।

सोही आक्रमणमा अन्य २१ जना घाइते भएका हुन् । आक्रमणमा अझै धेरै सर्वाधारण बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने बीबीसीले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गरेका छन् ।