भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु 

 

काठमाडौँ - भारतको महाराष्ट्रस्थित पुरानो पुणे मुम्बई हाइवेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । 

बीबीसी हिन्दीका अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक घाँटीमा खसेको थियो । उद्धार दलका एक कर्मचारीले समाचार एजेन्सी पीटीआईलाई उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको बताएका छन् ।