images

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा सनत थापा निर्वाचित

दोलखा । दोलखा उद्योग वाणिज्य संघको १६औँ अधिवेशनबाट अध्यक्ष पदमा सनत थापा निर्वाचित भएका छन्। बिहीबार चरिकोटमा सम्पन्न निर्वाचनमा थापाले ४६२ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी दिनेश पाठकलाई पराजित गरेका हुन्। पाठकले ३५९ मत प्राप्त गरेका थिए।

निर्वाचनको अन्तिम परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा प्रबिन श्रेष्ठ विजयी भएका छन् भने उपाध्यक्षमा विवेककुमार खत्री र महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएका छन्। त्यसैगरी महासचिव पदमा सुरेश उप्रेती, सचिवमा अनिल रिजाल तथा कोषाध्यक्षमा रामशरण बस्नेत विजयी भएका छन्।

त्यस्तै, दलित सदस्यमा प्रकाश नेपाली तथा महिला सदस्यमा पार्वती भण्डारी शर्मा निर्वाचित भएका छन्। शाखा सदस्यतर्फ मागादेउरालीबाट छो नाम्गेल तामाङ, रिमबहादुर ओली र विमल निर्वाचित भएका छन् भने खुला सदस्यमा कुमार श्रेष्ठ र राजेश उप्रेती विजयी भएका छन्।

संघको नयाँ नेतृत्व चयनका लागि बिहीबार सम्पन्न निर्वाचनमा कुल ८३८ मत खसेको निर्वाचन समितिले जनाएको छ। नयाँ नेतृत्व चयनसँगै दोलखाको व्यापार, व्यवसाय तथा स्थानीय उद्यम प्रवर्द्धनमा संघले थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शुक्रबार​ १ जेठ २०८३ १०:१६ AM मा प्रकाशित

प्रतिक्रिया